Friday, January 1, 2016

गजल

अव्यक्त प्रेमको अपुरो कहानी तिम्रो जस्तै मेरो पनि
अनिँदो रातमा आँशुको सिरानी तिम्रो जस्तै मेरो पनि!!

म चौतारी बनेँ,बिसाए थकाई;कति आए कति गए
अन्तत यहाँ छ एक्लो जवानी तिम्रो जस्तै मेरो पनि!!

म फुल्थेँ मगमगाउथेँ र चुम्थ्यो भवँरा अंग अंग
झरेँ म यसै भो संसार बिरानी तिम्रो जस्तै मेरो पनि!!

नखोज,नसोध,नखोतल;चिरेर छाती देखाउन्न म
छुपाको दिलमा उसको निसानी तिम्रो जस्तै मेरो पनि!!

2 comments:

  1. तिम्रोजस्तै मेरो पनि।
    मकताले मनछुयो।

    ReplyDelete
  2. तिम्रो जस्तै मेरो पनि मन मुटुका स्नायुहरू सम्म पुगे ती अनमोल बचन हरू,हजुर लाई धन्यबान अनि बधाई राम्रो विचार को लागि ॥

    ReplyDelete